सम्पर्क
साधनमा गरीब भए पनि विवेकमा दर्रि्र छैनन्
विश्व बैंकका उपाध्यक्ष नेपालका ग्रामीण इलाकाहरुको भ्रमणमाः
"नेपाल भरी नै असंख्य मानिसहरु खासगरी, महिलाहरु स्वयं सशक्तिकरण, सामाजिक परिचालन तथा संगठन र ज्ञान एवं अध्ययनको उपादेयता अनूभूत गर्न थालेका छन्"-दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मिईको निशिमीजूले बताउनू भएको लछ ।
नेपाल र विश्व बैंकबीच साझेदारीको विकास भएको ३० वर्षपूगेको अवसरमा गत नोभेम्बर ४, १९९९ मा काठमाडौंमा आयोजित समारोहमा बोल्दै उहाझ्ले सो विचार व्यक्त गर्नू भएको हो ।
"उनीहरु र उनीहरु जस्तै धेरैजना विकासको अé बनेको सामाजिक रुपान्तरणको प्रकृयामा समाजको आधारभुत तहको सबल सामाजिक सहभागिता, मानवीय आत्मसम्मान र आयस्तर एवं जीवनस्तरमा प्रष्ट सूधार गर्ने दीगो कार्यमा सशक्त रुपमा संलग्न भएका छन् ।"
"यिनीहरु परिवर्तनका संवाहक हून्--जसले मूलूकलाई गरीबीबाट मूक्त पार्न सक्तछन् र उनीहरु नै सही अर्थमा नेपालका पुंजी र सम्पत्ति हून्"-- निशिमीजूले भन्नू भयो ।
निशिमीजूलगायत काठमाडौंस्थित बैंकका कर्मचारीहरुले १६ वटा जिल्लाको भ्रमण गरी बैंकलगायतका दातृसहयोगमा संचालित परियोजनाहरु, गैर-सरकारी संस्थाहरुका प्रयासको अवलोकन गर्नूका साथै निर्धन ग्रामीण समूदायका मानिसहरुबाट केही सिक्न र उनीहरुका कूरा सून्ने कार्य सम्पन्न गरेको एक हप्ता पछि निशिमीजूले सो विचार प्रकट गर्नू भएको थियो ।
कर्ण्ाालीको चिसापानीबाट यात्रा शूरु गरी उक्त भ्रमण दल महेन्द्रनगर हूदैं त्यस आसपासका सूदुर पश्चिम तर्राईका गाउझ्हरुसम्म पूगेको थियो । त्यहाझ्बाट उक्त समुहले उत्तरी पहाडी क्षेत्रको डडेलधूरा हूदैं हिमाली क्षेत्रको सवैभन्दा विपन्न सिमीकोट एवं हूम्लालगायतका ठाउझ्हरुको पैदल यात्रा गरेको थियो । तत्पश्चात् भ्रमण दल मध्यपहाडी इलाकाका बागलूé, कास्की र पाल्पा पूगेको थियो । निशिमीजूको समुहले त्यसपछि भैरहवा र लूम्विनी नजिकका तर्राई क्षेत्र हूदैं पर्ुवमा विराटनगर एवं मोरéका गाउझ्हरुको भ्रमण गर्यो । तत्पश्चात् सो समुहले पर्ुर्वी पहाडी क्षेत्र हूदैं इलाम पूगेर काठमाडौं आइपूगी भ्रमण समाप्त गरेको थियो ।
जतिसूकै गरीब र अशिक्षित भए पनि यसभन्दा पहिले मैले यति आत्मविश्वासी, संयमशील, धर्ैयवान् र आत्मिकशक्तिले यूक्त दुरदृष्टी भएका मेहनती र उद्यमशील महिला तथा पूरुषहरुको यति ठुलो जमात विरलै देखेंको थिए"- निशिमीजूले अनूभव व्यक्त गर्नू भयो । "हो, मैले गरीबी देखें-- यस्तो गरीवी, कहिले-काझ्ही झ०डै अमानवीयझैं प्रतीत हूने त्यो गरीबी देख्दा मेरो छाती आक्रोस, पिडा, दूःख र अधर्ैयताले एकसाथ भरिएर आयो । तापनि, मैले जे देखंे- त्यो गरीबी साधनको गरीबी थियो, विवेकको गरीबी होइन ।"
नेपालको आर्थिक क्षमताको अपार वृद्धि, रोजगारी वृद्धि र गरीबी कटौती गर्ने मूख्य आधार नै सूशासन हो र नेपालका प्रत्येक संस्थाद्धारा त्यसलाई कार्यान्वयन गर्न आवश्यक छ" भन्दै "हरेक जिल्ला र हरेक गाउझ्मा सूशासनको सही विकेन्द्रीकरण लागु हूनू पर्यो, सुचना प्रवाहलगायत बजारमा पहूझ्च हूने संचार सम्वन्ध कायम हूनू पर्यो र सबैलाई सहजै कर्जा उपलब्ध हूनू पर्यो ।" उहाझ्ले जोड दिएर भन्नू भयो- "त्यतिमात्र होइन, मानवीय विकासका हरेक पक्षमा पहूझ्च हूनूका साथै प्रत्येक नेपाली नागरिकले शिक्षाको अवसर पाउनू पर्यो ।"
नेपालका लागि बैंकको सहायता रणनीतिमा जनतासंगको व्यापक परामर्शमा तैयार पारिएका त्यस्ता उपायहरुबारे प्रष्ट रुपमा उल्लेख छ र सोही रणनीतिले देखाएअनूरुप नेपालमा विश्व बैंकको सहायता आज एउटा गंभीर मोडमा आएर अडिएको छ" भन्दै निशिमीजूले भन्नू भयो- "तर्सथ कठोर निर्ण्र्ाार कार्य तत्कालै थाल्नू पर्ने आवश्यकता छ । नेपाललाई एउटा नवीन वृद्धिपथमा अग्रसर गर्राई राष्टूव्यापि गरीबी घटाउने राष्टू निर्माणको महत्वपर्ुण्ा कार्यका लागि के गर्नू पर्दछ भन्ने बारेमा नेपालभित्र र उसका दातृ सहयोगीहरुबीच पनि आमसहमती छ भन्ने मलाई लागेको छ ।"
विकासमा साझेदार सबैले झैं निशिमीजूले पनि शूरु भइसकेको मुल्य अभिवृद्धि करको कार्यान्वयनमा तीव्रता ल्याउझ्न र खासगरी सूसूप्त रहने विपन्नहरुको आवाजप्रति नेपालको बहूमतप्राप्त नयाझ् सरकार संवेदनशील हूने अपेक्षा बैंकले राखेको कूरा बताउझ्नू भयो ।
गरीबीबाट मूक्त नेपालको परिकल्पना गर्ने यस देशका स्वाभिमानी जनताको चाहनाप्रति मेरो पनि सहमती छ"- निशिमीजूले भन्नूभयो । "यस पदयात्रा पछि, मलाई लागेको छ- ३० वर्षछि नेपालबाट गरीबी झ०डै-झ०डै भागिसकेको देख्न पाउझ्ने छौं । साथै, विश्व बैंकले पहिलेको भन्दा अर्थपर्ुण्ा र सहयोगी भुमिकामा आफुलाई प्रस्तूत गर्ने कूराप्रति म यस भ्रमणबाट अझ बढी दृढनिश्चित भएकी छू ।"
अर्थमन्त्री महेश आचार्यले त्यस अवसरमा दिनू भएको भाषणमा "विकास प्रकृयामा हाम्रो संयूक्त संलग्नताबाट हामीले धेरै महत्वपर्ुण्ा शिक्षा ग्रहण गरेका छौं । लगानी रणनीतिमा प्रमूख कूरो दीगोपन हो, संस्थागत क्षमताको विकास महत्वपर्ुण्ा छ, अनूदान पाउझ्नेले संचालनको भुमिका पनि निर्वाह गर्न पाउझ्नू पर्दछ भन्ने कूरा र्सवाधिक महत्वपर्ुण्ा छ, आवश्यकताअनूरुपको सहायता मात्रै प्रतिफलमूखी हून्छ, विकासको वातावरणलाई स्वस्थ्य रुपमा विकास गर्न दाता र सहयोगग्रहणकर्ता दूवै पक्ष्ँमा पारदर्शीता हूनू पर्दछ भन्ने हामीले हामीले सिकेका पाठहरु हून्"- भन्नू भयो । अर्थमंत्री आचार्यले- "विकास प्रयासबाट अपेक्षित लाभ लिनका लागि यी क्षेत्रहरुमा आगामी दिनमा हामीले अझ बढी ध्यान दिनू पर्छ भन्ने कूरामा हामी विश्वास गर्दछौं" भन्नू भयो । |