Skip to main content World Bank Group World Bank Group
Home  »  Site Map  »  Index  »  FAQs  »  Contact Us 
About Countries Data & Research Learning News Projects & Operations Publications Topics
Search Click here for search results
मुख घर
भूमिका
विश्व बैंक समूह
(in PDF Format)
नेपालका लागि प्रस्तावित परियोजनाहरु
नेपाल र विश्व बैंक - एक सिंहावलोकन
सहकार्य तथा साझेदार
ज्ञान तथा सूचनाश्रोत
आयोजना र नीति
समाचार तथा सूचना
विश्व बैंकको सहायता रणनीति (सी.ए.एस्)
सन् २००४ - २००७

(in PDF Format)
नेपाल विकास सम्बन्धि दृष्टिकाण
अभिलेखालय
  • तस्वीर संग्राहलय
  • प्रकाशनहरु
  • उपयोगी प्रश्नवाली
     
    सम्बन्धित वेबसाइट
    Resources For

    www.worldbank.org/np

    सम्पर्क


    गरीबी निवारण र ऋणभारमा कटौतीः एक दृष्टिकोण

    विश्व बैंक र अन्तर्रर्ााटूय मुद्रा कोषको कार्यकारी निर्देशकहरुको बोर्डबाट हालै अनूमोदित गरीबी निवारणका लागि आमुल परिवर्तनकारी प्रयाससम्बन्धी दस्तावेजबाट वैदेशिक सहायताका क्षेत्रमा नवीन दृष्टिकोण देखा परेको छ । विपन्न मूलूकहरुले समस्त अन्तर्रर्ााटूय विकास समूदायहरुसंग घनिष्ट सम्बन्ध राखेर चाल्ने गरीबी निवारणका परिवर्तनकारी प्रयासमा ऋणभारमा कटौती पनि पर्दछ । यस दस्तावेजले विपन्न मूलूकहरुमा सशक्त प्रभाव पार्ने उ२ेश्य लिएको छ ।

    बैंक तथा कोषको संयूक्त बोर्डबाट गत डिसेम्बर महीनामा अनूमोदित गरीबी कम गर्ने रणनीतिक अवधारणापत्र निम्न आयस्तर भएका सदस्य राष्टूहरुलाई प्रदान गरिने सहूलियतपर्ुण्ा ऋण सहयोगको निर्धारण तथा संयोजनका लागि आधारपत्र हूनेछ ।

    उक्त रणनीतिक अवधारणापत्रले बैंकको प्रयासमा अन्तर्रर्ााटूय विकास संस्थामार्फ सदस्य राष्टूहरुमा हूदैं आएको कर्जा प्रवाहको परम्परागत धारणाभन्दा पृथक रुपमा दिर्ग्दर्शन गरेको छ । नागरिक समाजबीच छलफल गरेर देशगत रुपमा मस्यौदा गरिने अवधारणापत्रले दाताहरुबाट सहायता हासिल गर्ने आधार निर्धारण गर्ने अपेक्षा राखिएको छ ।

    एक वर्षा तैयार हूने यस प्रकारको देशगत अवधारणापत्रले गरीबीको स्तरको विश्लेषण गर्नूका साथै गरीबी घटाउने कार्य योजना र आर्थिक वृद्धिका बारेमा प्रकाश पार्ने छ । गरीबी कम गर्ने प्रयासबाट समूचित प्रतिफल प्राप्त हून सकोस् भन्ने कूरा सूनिश्चित गर्नका लागि विपन्नहरुलाई व्यापकरुपमा प्रतिनिधित्व गर्ने समूहहरु ती रणनीतिहरु तयार पार्नमा संलग्न हूनेछन् । व्यावहारिक रुपमा विश्व बैंकको सत्प्रयास गरीबीका विषयहरुमा केन्द्रीत रहनेछ भने अन्तर्रर्ााटूय मूद्रा कोषले समष्टिगत अर्थतन्त्र र संरचनागत तत्वहरुका बारेमा पत्रहरुमा आवश्यक योगदान पूर्‍याउझ्नेछ ।

    एकसाथ गरीबी र विकासका समस्याहरु निराकरण गर्ने यो नवीन विकास अवधारणा सन् १९९९ मा भएको विश्व बैंक तथा अन्तर्रर्ााटूय मूद्रा कोषको वाषिर्क सम्मेलनमा पहिलो पटक घोषणा गरिएको थियो ।

    विश्व बैंकका अध्यक्ष जेम्स. डी. उल्फेनसन्ले भन्नू भएको थियो- "समष्टिगत अर्थतन्त्र र वित्तीय परिसुचकहरुलाई आवद्ध गरिएको मानव, संरचनागत एवं सामाजिक पक्षहरुको सन्तूलित अवधारणासहितको हाम्रो एउटै दस्तावेजबाट सबै संस्थाका कार्यक्रमहरुलाई मार्गदर्शन प्राप्त हूनेछ ।"

    विश्वभरीका अति निर्धनहरुप्रति सद्भावनाको लहर उत्पन्न भएको सन् ज्ञढढढ को वाषिर्क भेलामा १८२ मूलूकका वरिष्ठ नेताहरु, अर्थमन्त्री एवं केन्द्रीय बैंकका अधिकारीहरु गरी करीब २० हजार सहभागीबीच भएका सभासम्मेलन, गोष्ठीका साथै बन्द सत्रमा गरीबी घटाउने र ऋणभार कम गर्ने विषयमा सूदृढ सम्बन्ध स्थापित भएको थियो ।

    बैंकका अध्यक्ष उल्फेनसनले् विकासका विषयहरुमा सामाजिक विषयहरुलाई प्रमूखता साथ समावेश गर्न गत वर्षआव्हान गर्नू हूझ्दा गरीबीलाई "अर्को संकट" भन्ने संज्ञा दिनू भएको थियो । सन् १९९९ को बैठकले गरीबी घटाउनमा सामाजिक विषयहरुलाई महत्व दिएको थियो ।

    "ऋणभारबाट अत्याधिक ग्रस्त विपन्न देशहरुको विषयमा प्राथमिकताका साथ कार्य गर्न बैठकले हामीलाई उपयूक्त मौका प्रदान गरेको थियो । यसबाट नै हामी सबैलाई ऋणका विषयदेखि गरीबीका विषयसम्म सोच्नें प्रेरणा मिल्यो" अध्यक्ष उल्फेनसनले समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा बताउनू भयो ।

    अत्यधिक ऋणभारबाट ग्रस्त विपन्न देशहरुको प्रयासका कारण विकसित राष्टूहरुले त्यस कार्यक्रमका लागि नयाझ् चरणको सहयोग रकम प्रवाहित गर्ने बचनबद्धता ब्यक्त गरेका थिए । यस कार्यक्रमअर्न्तगत घट राष्टूले सहयोग प्राप्त गर्ने भएका छन् । पहिले यसमा २ढ देशहरु लाभान्वित हूने अनूमान गरिएको थियो ।

    संयूक्त राज्य अमेरिकाका राष्टूपति विल क्लिन्टनले सेप्टेम्बर २ढ का दिन कार्यकारी निर्देशकहरुको बैठकलाई सम्वोधन गर्दै विश्वका अति विपन्न राष्टूहरुले लिएको ऋण मिनाहा गर्ने अमेरिकी सरकारको प्रतिबद्धता प्रकट गर्नू हूदाझ् दर्शकदर्ीघामा कौतूहलता उत्पन्न भएको थियो । "अमेरिकी सरकारसंग ऋण लिने देशहरुको १०० प्रतिशतसम्म ऋण मिनाह गर्न मैले मेरो प्रशासनलाई निर्देशन दिएको छू । तर कहिले भन्ने प्रश्न जहाझ्सम्म महत्वपर्ुण्ा छ त्यसमा--जब ती देशहरुहरुलाई आधारभुत मानवीय आवश्यकता परिपर्ुर्ति गर्न वित्तको आवश्यकता पर्दछ र जहिले रकम त्यसमा खर्च गर्नूपर्ने हून्छ--" राष्टूपति क्लिन्टनले भन्नू भयो । यसका लागि सहयोग गर्न युरोपेली विकास कोषले ७० करोड अमेरिकी डलर र जर्मनीले ७ करोड ५० लाख अमेरिकी डलर प्रदान गर्ने बचन दिएर अमेरिकी कदमलाई साथ दिएका थिए ।

    यसभन्दा एक कदम अघि बढ्दै संयूक्त अधिराज्यका अर्थमंत्री गोर्डन ब्राउनले भन्नूभयो-"हामी स्थितिको अनूगमन गर्दै ९० प्रतिशत हूदैं आवश्यकताअनूसार शत प्रतिशतसम्म नै ऋण मिनाह गर्न तयार छौं । यो कूरामा हिजो पनि राष्टूपति क्लि०टनले प्रतिबद्धता जनाइसक्नू भएको छ । यसरी गरीबीबाट मूक्त हूनका लागि ऋणभार मूक्तिले वित्तीय योगदान पूर्‍याउझ्ने छ ।"

    ऋणभारबाट अत्यधिक ग्रस्त राष्टूहरुको प्रयासमा यसरी सहयोग प्राप्त हूनू एउटा महत्वपर्ुण्ा कदम हो । यस्तो प्रयासको थालनी पहिलो पटक सन् १९९६ सेप्टेम्बर महीनामा विश्व बैंक र अन्तर्रर्ााटूय मूद्रा कोषद्धारा गरिएको थियो । यस योजनाअर्न्तगत आर्थिक तथा सामाजिक नीतिहरुमा सूधार गर्न तयार हूने विपन्न देशहरुलाई दीगो विकास गर्न सघाउ पूग्ने हदसम्म ऋणभार घटाउने उ२ेश्य राखिएको छ ।

    अन्तर्रर्ााटूय मूद्रा कोषका कार्यकारी निर्देशक मिसेल क्याम्डेसस्ले सेप्टेम्बर ३० तारीखका दिन दिनू भएको आफ्नो समापन भाषणमा आफुले वित्तीय बजारमा विद्यमान मर्ूदाशान्तिबाट आनन्दको स्वास फर्ेन नसकिरहेको कूरा जनाउझ्नू भयो । उहाझ्ले विश्वको वित्तीय संरचना र गरीबी कम गर्नका लागि ²कार्य र कार्यान्वयन² नै आफ्नो संस्थाका दर्ूइ मुल लक्ष्य भएको कूरामा जोड दिनू भयो । साथै उहाझ्ले अन्तर्रर्ााटूय समूदाय र सरकारहरुले आफ्ना प्रतिबद्धताहरु पूरा गर्ने बेला भएको विचार पनि व्यक्त गर्नू भयो ।

    श्री क्याम्डेसस्ले अघिल्लो साता मात्रै मूद्रा कोषले आफ्नो संरचनागत समायोजन सूविधा अभिवृद्धि कार्यक्रमको नामाकरण गरीबी कटौती तथा विकास कार्यक्रमको रुपमा गरी गरीबीका विविध पक्षहरुमा ध्यान केन्द्रीत गरेको कूरालाई प्रतिविम्वित गरेको उल्लेख गर्नू भयो । उहाझ्ले आफ्नो संस्थाले ऋणभारबाट अत्यधिक ग्रस्त राष्टूहरुको प्रयासमा सघाउ पूर्‍याउझ्न गैर-बाजारीक क्षेत्रमा १ करोड ४० लाख आउन्स सून बिक्री गर्ने योजना भएको जानकारी दिनू भएको थियो ।

    विश्व बैंकका प्रमूख उल्फेनसन्ले "मलाई लाग्दछ, गरीबीविरुद्धको यो लर्डाई अझै हाम्रा अगाडि जारी नै छ । हालको प्रवृतिअनूरुप सन् २०१५ सम्ममा गरीबी आधा पनि घट्ने छैन" भन्दै गरीबीको संकट समाप्त भई नसकेको कूरामा र्सतक गराउझ्नू भएको थियो । श्री उल्फेनसनले भन्नू भयोः "२छ वर्षभित्रमा ट अर्व मानिस बस्ने यस पृथ्वीको जनसंख्या ८ अर्व पूग्नेछ । आजका ६ अर्व मानिसमध्ये ३ अर्व मानिस दैनिक २ अमेरिकी लडरभन्दा कम र १ अर्व २० करोड मानिस दैनिक १ अमेरिकी डलरभन्दा कम पैसाले जीवन गूजारा गरिरहेका छन् । यस्तो असामान्य तथ्यांड्ढ अझ बढेर क्रमशः ४ अर्व र १ अर्व ८० करोड समेत हून सक्नेछ । यो कूरा हाम्रा सन्ततीलाई हामीले छोड्ने धरोहर हून सक्तैन । "वित्तीय संकटहरु र गरीबी दूबै एउटै हून्" भन्दै श्री उल्फेसनले सूशासनका विषयहरु विकासको केन्द्रविन्दु बन्नूपर्ने कूरामा जोड दिनू भयो ।

    "देशहरु सन्तूलित वित्तीय तथा मौद्रिक नीति लिएर देखा पर्न सक्दछन्" भन्दै श्री उल्फेनसन्ले चेतावनी दिनू भयो- "तर यदि उनीहरुले सूशासन दिन सकेनन्, उनीहरु भ्रष्टाचारसंग लड्न सकेनन्, टाट पल्टेको कानुन र पर्ुवानूमान गर्न सकिने कर प्रणालीको ढाझ्चा सिर्जना गर्ने सम्पत्तीसम्बन्धी अधिकार एवं करारहरुको संरक्षण गर्ने पर्ुण्ास्तरको कानुनी प्रणाली विकसित गर्न सकेनन् र यदि, उनीहरुले खूल्ला एवं नियामक वित्तीय प्रणालीका साथै समूचित नियामन तथा पारदर्शीता स्थापित गर्न सकेनन् भने उनीहरुको विकास आधारभुत रुपमै दोषपर्ुण्ा ठहरिने मात्रै होइन, त्यो टिक्न पनि सक्ने छैन ।"

    सन् २००० का बैठकहरु आउझ्दो सेप्टेम्वर २ट देखि २ड तारीखसम्म चेक गणतन्त्रको राजधानी प्रागमा संचालन हूने भएको छ । ·
    (विश्व बैंक र अन्तर्रर्ााटूय मूद्रा कोषको वाषिर्क बैठक-सन् १९९९ का अवसरमा कार्यकारी निर्देशकहरुको बोर्डका अध्यक्ष तथा अर्थमंत्री महेश आचार्यले दिनू भएको समूद्घाटन भाषणको सारसंक्षेप)

     

     


      प्रकाशन तथा प्रशारणहरु
     
      नयाँ तथा उल्लेखनीय





    Home  |  Site Map  |  Index  |  FAQs  |  Contact Us  |  Search
    © 2007 The World Bank Group, All Rights Reserved.   Legal.