|
|
|
www.worldbank.org/np |
 |
 |
 |
भूमिका
विश्व बैंकले प्राविधिक सहायता, सरसल्लाह र वित्तीय सहयोगमार्फ नेपालको विकासमा सहकार्य गर्दैआएको छ । यस दौरानमा नेपालका आवश्यकताअनुरुप विश्व बैंकको सहायताको प्रकृति र उदेश्यमा पनि परिवर्तन हुदै आएको छ । तथापि, नेपाली जनताको जीवनस्तर उकास्नका लागि गरीवी कमगर्ने आफ्नो प्राथमिक उदेश्य बाट बैंक कहिले पनि विचलित भएको छैन ।
विकासमा दीगोपन र सफलता अन्तरनिहित हुनुपर्ने कुरामा सहकार्यको थालनी देखिनै बैंकको पुर्ण विश्वास रहदैंआएको छ । यही प्रतिबद्धताअनुरुप बैंकले हालैका दिनहरुमा नेपाली जनता र सरकार तथा विकासमा संलग्न अन्य संस्थाहरुसंग खुल्ला एवं विषद् रुपमा अन्तरक्रिया शुरु गरेको हो ।
बैंकले कुनै पनि देशमा बिकाससम्बन्धी आफ्नो व्यापक अनुभव एवं ज्ञानको हस्तान्तरण गर्दा त्यहाझ्का स्थानीय जनताले नै विकासका आवश्यकताहरु र आफ्नो लक्ष्यका बारे अन्तिम निर्णय गर्दछन् भन्ने कुरालाई दृष्द्धिगत गरी उनीहरुबा६ प्रतिक्रियासमेत पाउने आशामा उनीहरुको कुरा चासो लिएर सुन्ने गरेको छ ।
विश्व बैंकले पहिलो प६क सन् १९६९ मा दूरसंचार परियोजनाका लागि १७ लाख ८० हजार अमेरिकी डलरको ऋण-सहयोग प्रदान गरेपछि विविधिवत रुपमा नेपाललाई सहयोग उपलब्ध गराउन थालेको हो । त्यस पछिका दशकहरुमा पूर्वाधाररहरुको विकास गर्नका लागि बैंकले मुख्य रुपमा कृषि, सिंचाइ एवं दूरसंचार, राजमार्ग, विद्युत, खानेपानी तथा सरसफाई जस्ता क्षेत्रहरुमा सहयोग पुर्याउनमा आफ्नो ध्यान केन्द्रीत गर्दैआएको छ ।
नेपालको समग्र विकासका लागि मानव सं-साधनमा लगानी बढाउनु पर्ने आवश्यकता देखिदैंछ । यसका साथ-साथै दीगो विकासका उदेश्य हासील गर्नका लागि देशको प्राकृतिक सम्पदाहरुको सुरक्षाप्रति पनि ध्यान पुर्याउनुपर्ने देखिन्छ । बैंकले परम्परागत क्षेत्रहरुमा निरन्तर सहयोग जारी राख्दै नेपालको बहुमूल्य जैविक विविधताको संरक्षणका लागि वन व्यवस्थापन परियोजनाहरुका साथै शिक्षा र स्वास्थ्यका क्षेत्रहरुमा ऋण-सहयोग बढाउझ्दै गएको छ । यसैगरी, बैंकका सबै परियोजनाहरुमा पर्यावरणको सुरक्षामा बढदो महत्व दिइदैंआएको छ ।
नेपाललगायत विश्वका विकासशील देशहरुमा काम गर्दा बैंकले विकासको प्रभावकारिताका सम्बन्धमा अमूल्य शिक्षा प्राप्त गरेको छ । समग्रमा विगत केही वर्षता नेपालमा बैंकले मुख्यतः (क) नेपाल सरकार, विकाससंग सम्वन्धित संस्थाहरु, नागरिक समाज एवं स्थानीय समुदायसंगको सहकार्यको सुदृढीकरण र (ख) नोक्सानी एवं दुरुपयोग घटाउनका लागि सुदृढ सु-शासनको प्रवर्द्धन गर्नमा आफ्नो सहयोग केन्द्रीत गरेको छ ।
नेपालसंग विश्व बैंकको सहकार्य नयाझ् शताब्दिमा अगाडि बढ्दैजादा बैंकले स्रोतहरुमाथि लक्षितवर्गको नियन्त्रण कायम गराउने कुरामा नै आफ्नो ध्यान केन्द्रीत गर्नेछ किनभने यसबाछ मात्रै स्रोतहरुको उत्पादनशील उपयोग हुन सक्छ । यस्तो सहकार्यअर्न्तर्गत, सु-शासनमा भएको सुधारसंग ऋण-सहायतालाई आवद्धगर्ने कुरामा दाताहरुबीच निकछ समन्वयको प्रवर्द्धन पनि पर्दछ । |
|
|
|
 |
 |
| |
|
|
|